कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डले तोके बुक क्लोज मिति
काठमाडौं । कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डले बुक क्लोजका लागि मिति तय गरेका छन् ।
कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित यी दुई फण्डको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय गरेका हुन् ।
यी दुवै फण्डले आगामी भदौ १९ गते बुधार बुक क्लोज गर्ने भएका छन् । यसका आधारमा भदौ १८ गतेसम्म कायम इकाईधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।
यी दुवै फण्डले इकाइधनीहरूलाई गत आर्थिक वर्षसम्मको मुनाफबाट ९.५/९.५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।













