८ श्रावण २०८३, शुक्रबार

निर्जीवन बीमाले साउनमा गरे सवा ४ अर्बको व्यवसाय : सलिकोलाई पछ्याउँदै सिद्धार्थ प्रिमियर र शिखर



काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्म ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा २ लाख २१ हजार ७१ वटा बीमा पोलिसी बिक्री गरेर ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

यो अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स सर्वाधिक बीमाशुल्क आर्जन गर्ने कम्पनी बनेको छ । कम्पनीले साउन महिनामा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले साउन महिनामा ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा रहेको शिखर इन्स्योरेन्सले साउन महिनामा ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, हिमालयन एभरेष्ट ३२ करोड ६० लाख बीमाशुल्कसहित चौथो र नेको इन्स्योरेन्सले ३१ करोड ८८ लाख रुपैयाँसहित पाँचौं स्थानमा छन् ।

त्यसैगरी, आइजिआई प्रुडेन्सियलले ३० करोड ६२ लाख, ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख, नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख, सरकारी स्वामित्वमा रहेको कम्पनी राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ३९ लाख र प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस्