८ श्रावण २०८३, शुक्रबार

एक महिनामा साढे १८ अर्बको जीवन बीमा व्यापार, नेपाल लाइफकै सर्वाधिक, नेशनललाई पच्छ्याउँदै एलआइसी



काठमाडौं । जीवन बीमा कम्पनीहरुले एकै महिना साढे १८ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउनमा कम्पनीहरुले १८ अर्ब ५३ करोड ७९ लाख ६७ हजार रुपैयाँ बराबरको व्यापार भित्र्याएका छन् । सो महिनामा कम्पनीहरुले ३ लाख २२ हजार ७८६ वटचा बीमालेख जारी गरेका छन् । हाल सक्रिय रहेको बीमालेखको संख्या भने १ करोड ३३ लाख ५८ हजार ८०९ वटा रहेको छ।

साउनमा कम्पनीहरुले २ अर्ब ६६ करोड ५६ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएका छन् । यस्तै, वैदेशिक रोजगार बीमा मार्फत २४ करोड ७२ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । साउनमा नविकरण मार्फत भने १५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ ।

व्यापारमा नेपाल लाइफ पहिलो, नेशनललाई पच्छ्याउँदै एलआइसी र हिमालयन लाइफ

व्यापारमा नेपाल लाइफ नै पहिलो बनेको छ । साउनमा कम्पनीले ५ अर्ब ५७ करोड ६ लाख रुपैयाँ बढीको व्यवसाय गरेको छ । कम्पनीले ५१ हजार ९८४ वटा बीमालेख बिक्री सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले साउनमा ६४ करोड ६६ लाख नयाँ व्यवसाय, १ करोड ३३ लाख बराबरको वैदेशिक रोजगारी र ५ अर्ब ५ करोड ६ लाख रुपैयाँ नविकरण मार्फत बीमा शुल्क आर्जन गरेको छ।

व्यवसायको आधारमा दोस्रो सूचीमा भने नेशनल लाइफ देखिएको छ । कम्पनीले साउन महिनामा २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ । साउनमा कम्पनीले ४५ हजार ४० वटा बीमालेख बिक्री गरेको छ। कम्पनीले ४१ करोड ३४ लाख प्रथम, १ करोड ९५ लाख वैदेशिक र १ अर्ब ८३ करोड २४ लाख रुपैयाँ नविकरण मार्फत बीमा शुल्क आर्जन गरेको छ।

यता, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले पनि साउनमा २ अर्ब ७ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले ४ हजार ७२३ वटा बीमालेख बिक्री गरेको छ । यस्तै, साउनमा हिमालयन लाइफले पनि १ अर्ब ९३ करोड ३८ लाख ३४ हजार रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब १२ करोड ९३ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरि एशियन लाइफले ९२ करोड ७३ लाख, सिटिजन लाइफले ७६ करोड ४१ लाख, सानिमा रिलायन्सले ६७ करोड ५९ लाख, प्रभु महालक्ष्मीले ५८ करोड ७४ लाख, आइएमईले ५४ करोड २७ लाख, मेट लाइफले ५० करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, रिलायवल नेपालले पनि ४९ करोड ९७ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४६ करोड ८८ लाख र सन नेपाल लाइफले ४४ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्