व्यापार विस्तारमा एग्रेसिभ सिटिजन र रिलायवल नेपाल, नयाँ व्यवसाय भित्र्याउन नेशनल र हिमालयन तगडा
काठमाडौं । व्यापार विस्तारमा सिटिजन र रिलायव नेपाल लाइफ एग्रेसिभ देखिएका छन् । यी दुई कम्पनीको व्यापार वृद्धिदर बराबरी देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले हाल प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) को तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो साउनको तुलनामा सिटिजन र रिलायवल नेपाल लाइफले बीमा शुल्क आर्जन क्रमशः ३१.८८ प्रतिशत र ३१.११ प्रतिशत बढाएका हुन् ।
चालु आवको साउनमा सिटिजनले ७६ करोड ४१ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, रिलायवलले ४९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको साउनमा भने यी दुई कम्पनीले क्रमशः ५७ करोड ९४ लाख र ३८ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
यस्तै, गत साउनमा सन नेपाल र नेशन लाइफको व्यापार पनि क्रमशः २५.९४ प्रतिशत र २५.३८ प्रतिशत वृद्धि भएको छ । साउनमा सन नेपालले ४४ करोड ८७ लाख र नेशनल लाइफले २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
समग्रमा साउनमा १४ वटा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, यो अघिल्लो आवको तुलनामा भने ५.४५ प्रतिशत कमी हो । अघिल्लो आवका साउन महिनामा कम्पनीहरुले १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । साउनमा नविकरण मार्फत कम्पनीहरुले १५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । साउनमा कम्पनीहरुले ३ लाख २२ हजार ७८६ वटा बीमालेख बिक्री गरेका छन् ।
अधिकांश कम्पनीको व्यापार बढेता पनि राष्ट्रिय जीवन बीमा कम्पनीको ८५.९७ प्रतिशत र हिमालयन लाइफको ०.२ प्रतिशत गिरावट आएको छ। यी बाहेकका कम्पनीहरुले भने बढाएका छन् । अघिल्लो साउनको तुलनामा एशियन लाइफको व्यापार १३.०९ प्रतिशत, सुर्यज्योतिको १२.४१, नेपाल लाइफको ९.३१, प्रभु महालक्ष्मीको ८.५७, एलआइसी नेपालको ७.१९, आइएमईको ३.१९, मेट लाइफको २.६८ र सानिमा रिलान्यसको १.११ प्रतिशत वृद्धि भएको छ ।
नयाँ व्यापार बढाउन नेशनल लाइफ खम्पिस, सिटिजन र हिमालयनको ग्रोथ राम्रो
समग्र व्यापारमा गिरावट देखिएता पनि कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) आर्जन भने दोहोरो अंकले वृद्धि भएको छ । गत साउनमा यस्तो व्यवसाय २४.१५ प्रतिशत बढाएका छन् । अघिल्लो साउनमा कम्पनीहरुले २ अर्ब ५ करोड ४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए । तर, गत साउनमा आइपुग्दा भने बढेर २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ संकलन गरेका छन् ।
नयाँ व्यापार वृद्धिदर भने नेशनल लाइफको उच्च देखिएको छ। साउनमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ८३.०७ प्रतिशत वृद्धि भई ४१ करोड ३४ लाख रुपैयाँ कायम भएको छ। वृद्धिदरकै आधारमा दोस्रो सूचीमा रहेको सिटिजनल ला

इफले पनि १९ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्ष ४५.४१ प्रतिशत बढी हो ।
यस्तै, हिमालयन लाइफको नयाँ व्यापार पनि ३३.६२ प्रतिशत, नेपाल लाइफको २७.३४ प्रतिशत, एनआइसी नेपालको १९.१ प्रतिशत, मेट लाइफको १७.०४, एशियन लाइफको १६.५७, सूर्यज्योतिको १४.०७, सानिमा रिलायन्सको १३.३३ र सन नेपाल लाइफको ४३.५५ प्रतिशत वृद्धि भएको छ । तर, राष्ट्रिय जीवन बीमा, आइएमई, सानिमा रिलायन्स र रिलायवल नेपाल लाइफको प्रथम बीमा शुल्क आर्जन भने घटेको छ ।














