९ श्रावण २०८३, शनिबार

डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे कुल १ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागेको हो।

आगामी आगामी असोज ४ गते देखि लागू हुनेगरी २०८२ असोज ४ गतेसम्म ३६६ दिनका =लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २२ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ७ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी भदौ २६ गते बेलुका ७ बजेसम्म बोलकबोल पेश गनु पर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनु पर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनु पर्नेछ । निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको तथा खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेका बैंक वित्तीय संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्