कोरोना बीमा रकम : सरकारका नाममा कारण सर्वोच्चको देखाऊ आदेश जारी
काठमाडौं । कारोना बीमाको भुक्तानी नपाएपछि आइतबार सर्वोच्चमा परेको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।
सोमबार सर्वोच्च अदालतले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो । आइतबार निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमकसंघले अदालतमा मुद्दा दायर गरेका थिए ।
सोमबार न्यायाधिश अब्दुल अजिज मुसलमानको एकल इजलासले सरकारका नाममा कोरोना बीमाको दायित्व नव्यहोरेकामा कारण देखाउ आदेश जारी गरेको हो ।
सरकारले कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग छ । कोरोना महामारीका बेला बीमितले गरेको कोरोना बीमा वापतको अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।













