एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरको दर संशोधन, अब ६२.५६ प्रतिशत निष्कासन गर्ने
काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरको दर संशोधन भएको छ ।
कम्पनीले यसअघि ६६ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको थियो । तर, अहिले भने ६२.५६ प्रतिशतका दरले निष्काशन गर्ने भएको जानकारी गराएको छ।
यसअघि घोषणा गरिएको हकप्रद सेयर स्वीकृत हुनुभन्दा अघि नै कम्पनीले ५.५० प्रतिशत बोनस सेयर वितरण गरेको छ । उक्त बोनस सेयर पारित भएकाले हकप्रद सेयर संशोधन गरिएको कम्पनीले जनाएको छ ।
अब इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ६.२५६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २५ लाख रुपैयाँ पुग्नेछ । जुन, बीमा प्राधिकरणले तोकेको न्युनतम पुँजी कायम हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ कायम भएको छ ।
अब संशोधित हकप्रद सेयर दर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात निष्कासन हुनेछ।













