९ श्रावण २०८३, शनिबार

राजस्व विभागको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले भने – कर प्रशासनमा सुधार हुनेगरी काम गर्नू



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक राजस्व विभागको स्थलगत निरीक्षण गरेका छन् । शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत निरीक्षण गर्दै कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन्।

सरकारले लिएको राजश्व उठाउनका लागि चाहिएको आवश्यक सहयोग सरकारसँग माग्न समेत आग्रह गरेका छन् ।
अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए ।

भर्खरै आन्तरिक राजस्व रणनीति परिचालन गरेको भन्दै अर्थमन्त्री पौडेलले यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहने बताए । उनले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्