प्रभु सेलेक्ट फन्डले र प्रभु स्मार्ट फन्डले घोषणा गरे लाभांश, कसले कति दिने ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु सेलेक्ट फन्डले र प्रभु स्मार्ट फन्डले घोषणा गरे लाभांश, कसले कति दिने ?



काठमाडौं । प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले इकाईधनीहरुलाई प्रतिफल घोषणा गरेका छन् ।

प्रभु क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित प्रभु सेलेक्ट फन्ड–१ र प्रभु स्मार्ट फन्डले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।

भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठक अनुसार प्रभु सेलेक्ट फन्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डले कर सहित ८.५० प्रतिशतका दरले नगद लाभांश दिने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्