सेयर बजारमा निरन्तर गिरावट आएको बेला किन नेप्से कार्यालय जाँदैछन् अर्थमन्त्री पौडेल ?
काठमाडौं । सेयर बजारमा केही दिन यता निरन्तर गिरावट आएको छ । तर, निरन्तर बजारमा गिरावट आइरहेका बेला उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल नेपाल स्टक एक्सचेन्ज(नेप्से) कार्यालय भ्रमणका जाने भएका छन् ।
अर्थमन्त्री पौडेल आजै अर्थात् बुधवार साढे दुई बजे नै नेप्से जाने भएका हुन् । यद्यपि, नेप्से कार्यालय जानुको विषय भने खुलाइएको छैन ।












