एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ ले तोके बुक क्लोज मिति
काठमाडौं । एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले बुक क्लोजका लागि मिति तय गरेका छन् ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजना हुन् । यी दुई फन्डले प्रतिफल वितरण प्रयोजनका लािग असोज ११ गते बुक क्लोज गर्ने भएका छन् ।
सोही अनुसार आगामी असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
एनएमबि ५० ले इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले करसहित १० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेका छन् ।













