हकप्रद सेयर निष्कासन गर्दै अरुण काबेली, पारित गर्न डाक्यो एजिए, बुक क्लोज कहिले ?
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
कम्पनीले आगामी कात्तिक ४ गते होटल क्रिष्टल पशुपती, गौशाला, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा गर्ने भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हकप्रदबाट संकलन भएको रकम मध्येबाट काबेली इनर्जी कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनको सेयरमा लगानी गर्ने प्रस्ताव पारित हुनेछ । उक्त आयोजनामा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ । सोही सभाले आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक पनि नियुक्त गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गते शुक्रबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।













