रु रु जलविद्युत परियोजनाको लाभांश घोषणा, बोनस पछि हकप्रद सेयर जारी गर्ने
काठमाडौं । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुनेछ । बोनस सेयर वितरण गरी हकप्रद सेयर निष्काशन गर्नेछ । लाभांश वितरण र हकप्रद सेयर निष्कासनका लागि कम्पनीले आगामी कात्तिक ११ गते साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी
असोज ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।













