शतप्रतिशत हकप्रद सेयर जारी गर्न बलेफी हाइड्रोपावरलाई सेबोनको अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शतप्रतिशत हकप्रद सेयर जारी गर्न बलेफी हाइड्रोपावरलाई सेबोनको अनुमति



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले शतप्रतिश हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई अनुमति दिएको छ ।

कम्पनीले हालको चुक्ता पूँजी बराबरकै १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । सो बराबरको हकप्रद सेयर निष्कासन कम्पनीले आइतबार (कात्तिक ४ गते) अनुमति पाएको हो ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल छ ।


प्रतिक्रिया दिनुहोस्