एकै पटक ४० सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरेको हो ।
मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सूची सार्वजनिक गरेको छ ।
सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।
अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।
को कहाँ पुगे ?













