थ्रीस्टार हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

थ्रीस्टार हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँको १:१ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको कात्तिक ५ गते (सोमवार) बसेको संचालक समितिको बैठकले हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगमा पूर्व स्वीकृती लिनका लागी निवेदन दिने निर्णय गरेको छ ।

उक्त हकप्रद सेयर निष्काशनवाट प्राप्त रकम मध्ये ३४ करोड २५ लाख आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना ९ मे.वा) का लागी आवश्यक स्वपूँजी (इक्वीटी) मा लगानी गर्ने कम्पनीले जनाएको छ ।

विद्युत नियमन आयोगवाट पूर्व स्वीकृति प्राप्त भए पश्चात कम्पनीको आगामी साधारणसभामा अनुमोदनको लागी पेश गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्