७ श्रावण २०८३, बिहिबार

सरकारको सय दिनः ७०% काम सम्पन्न भएको प्रधानमन्त्री ओलीको दावी, के-के भए उपलब्धीहरु ? (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरुमाथि सरकारले कारवाही सुरु गरेको बताएका छन् ।

सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सर्वसाधारण बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम हिनामिना गर्ने र गठी गर्नेहरुमाथि कानुनी कारवाही सुरु गरिएको बताए ।

उनले परिणामा प्रष्टचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने गरि पद्धति बसाल्ने सरकारको प्राथमिकतामा रहेको बताए । राष्ट्रियताको रक्षा, हितको संरक्षण, सुशासन र विकास कार्यमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने जनाए ।

यो सरकारले गर्छु भनेरका ७० प्रतिशत कम सम्पन्न गरेको ओलीको दावी छ । प्रकृति प्रतिकुल नभइ दिएको भए बाँकी ३० प्रतिशत काम पनि सकिने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्