माछापुच्छ्रे क्यापिटलले १ अर्ब २० करोडको म्युचुअल फन्ड निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले १ अर्ब बढीको म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।
कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्कासन गर्न लागेको हो । म्युचुअल फन्ड निष्कासनका लागि क्यापिटलले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले ‘एमबीएल इक्विटी फन्ड’ को १२ करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । योजनाको व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको छ ।













