डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता सम्वन्धमा छलफल गर्नका लागि मन्त्रिपरिषद बैठक आव्हान भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच विवाद चलिरहेको छ । मंगलबार हुने छलफलले केही न केही निकासा ल्याउने अपेक्षा गरिएको छ ।
बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले ३ दर्जन उद्योगको लाइन काटेको थियो । गत बिहीबार ३४ वटा उद्योगमा लाइन काटिएको थियो । यो बिचमा केही उद्योगहरुले किस्ता बापतको रकम बुझाएपछि पुनः उद्योगमा लाइन जडान पनि गरिएको छ ।













