दुई कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । मंगलबारसम्म कायम सेयरधनीहरुले दुई कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
आजसम्म कायम सेयरधनीले मात्र लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
हकप्रद सेयर निष्कासनका लागि यी दुई वटै कम्पनीहरुले भोलि अर्थात् कात्तिक २१ गते बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म सेयरधनी कायम हुनुपर्नेछ ।
बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लावेको हो ।
यता, लवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले १ः०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।













