बैंकको ऋण तिर्न ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालयन पावर पार्टनर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंकको ऋण तिर्न ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालयन पावर पार्टनर



काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पीले २ बराबर १ को अनुपातमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीको आज अर्थात् कात्तिक २९ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले सो दरमा हकप्रद सेयर निष्कासन गर्न निर्णय गरेको हो ।

अब उक्त उक्त प्रस्ताव विद्युत नियमन आयोगमा पेश हुनेछ । कम्पनीको साधारण सभा र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि सेयरधनीलाई हकप्रद जारी गर्ने छ । कम्पनीले सहवित्तीयकरण बैंकहरुको ऋण भुक्तानी गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी १ अर्ब ५९ करोड १२ लाख रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्