एक अर्ब नाघ्यो ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को आकार: दोहोरो अंकले बढायो नाफा, न्याभ कति ?
काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार १ अर्ब नाघेको छ ।
सिद्धार्थ बैंक कोष प्रवद्र्धक रहि सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजनाको अर्ब नाघेको हो ।
सो योजना २०७८ असार १६ गते बाट २० करोडको आकारबाट सुरु भएको थियो । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजनामा हाल करिब १९ हजार इकाईधनीहरु आवद्ध रहेका छन् ।
चालु आवको पहिलो त्रैमाससम्ममा योजनाको प्रति इकाई खुद सम्पत्ती मुल्य (न्याभ) पनि ११.३० रुपैयाँ छ । जबकि गत भदौ अन्तसम्ममा भने यसको न्याभ १०.८५ रुपैयाँ मात्रै थियो ।
व्यवस्थित लगानी योजनामा लाभाशं पुनःलागनी हुने, सजिलै खरिद बिक्री हुने, इकाईको खरीद तथा बिक्री खुद सम्पत्ति मुल्यमा हुने जस्ता बिशेषताहरु रहेको छन् ।
योजनाले गत असोज महिनामै १४ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत भदौको तुलनामा भने ३९.१५ प्रतिशत बढी हो । चालु आवको पहिलो त्रैमासमा सो योजनाले सेयर बजारमा कुल लगानी पनि १५.२० प्रतिशत बढाएर ८९ करोड ५९ लाख पुर्याएको छ । गत भदौसम्म भने सेयर बजारमा ७७ करोड ७७ लाख रुपैयाँ लगानी गरेको थियो ।
















