सकियो धितोपत्र बोर्ड अध्यक्षका लागि आइतबार लिइएको अन्तर्वार्ता, ४ जनामध्ये को बन्ला ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिकरण सकिएको छ ।
सेबोन अध्यक्षका लागि सर्टलिस्टमा परेका तीन जना आवेदकहरुलाई आइतबार अन्तर्वार्ताका लागि बोलाइएको थियो ।
कृष्ण बहादुर कार्की, चिरञ्चिवी चापागाई र डा. नवराज अधिकारी छनोट सूचीमा परेका थिए । अन्र्तवार्ताको लागि सर्टलिष्टमा परेका तत्कालिन बीमा समितिका पुर्व अध्यक्ष चापागाईं भने प्रश्तुतिकरणमा सहभागी भएनन् । तर, डा. अधिकारी र कार्कीको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सकिएको मन्त्रालयले जनाएको छ ।
अध्यक्ष छनोट समितिले ५ जनाको नाम सर्टलिष्टमा पारेको थियो । तीमध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुत गरिसकेका छन् ।
अब अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण गरेका चार जनामध्ये ३ जनालाई समितिले मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सोही ३ जना मध्ये एक जनालाई मन्त्रिपरिषदले बोर्ड अध्यक्षमा नियुक्ति गर्नेछ ।













