१ करोड ८५ लाख बराबरको हकप्रद सेयर जारी गर्दै ङादी ग्रुप पावर, सेबोनबाट पायो अनुमति
काठमाडौं । ङादी ग्रुप पावर हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।













