अष्ट्रेलियाको राजदूतमा यादव नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अष्ट्रेलियाको राजदूतमा यादव नियुक्त



काठमाडौं । अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अष्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त गरिएको हो ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन् । उनी गत असोज १६ गतेको संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएकी थिइन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ,‘संविधान धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा यादलाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदुतमा नियुक्ति गरिएको छ’


प्रतिक्रिया दिनुहोस्