सेबोनका नवनियुक्त अध्यक्ष श्रेष्ठले शपथ लिँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गर्दैछन् ।
उनले मंगलबार साढे ५ बजे अर्थमन्त्रालयमा शपथ ग्रहण गर्न लागेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको हो ।












