पुँजी बजारको ‍व्यवस्थित विकासमा अध्यक्ष श्रेष्ठ मार्फत गतिशिल ढंगले काम हुने अर्थमन्त्रीको विश्वास - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पुँजी बजारको ‍व्यवस्थित विकासमा अध्यक्ष श्रेष्ठ मार्फत गतिशिल ढंगले काम हुने अर्थमन्त्रीको विश्वास



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष मार्फत पुँजी बजारको ‍व्यवस्थित विकासमा महत्वपूर्ण काम हुने बताए ।

बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठको शपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडैलले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढंगले खुल्ला रुपमा प्रतिष्पर्धाको विधि अबलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताए ।

पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्याहरुलाई संस्थागत रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशिल ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पौडेले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरुलाई चिर्दै पुँजी बजारको विकासमा महत्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरुलाई अवसरका रुपमा बदल्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्