एलआइसी नेपालको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने, क-कसले दिन पाउँछन् ?
काठमाडौं । आज अर्थात् मंसिर १२ गतेदेखि लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।
कम्पनीले आजदेखि हाल कायम चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ। उक्त हकप्रद सेयरमा गत कात्तिक ८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरेको थियो । आवेदन आगामी पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपछि भने ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













