सरकार बनेपछि १८ प्रतिशत राजश्व बढ्याे, याे संसदकाे उत्कृष्ठ सरकार : अर्थमन्त्री पाैडेल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकार बनेपछि १८ प्रतिशत राजश्व बढ्याे, याे संसदकाे उत्कृष्ठ सरकार : अर्थमन्त्री पाैडेल



काठमाडाैं । अर्थमन्त्री विष्णु पाैडेलले वर्तमान सरकार बनेपछि गत आवकाे तुलनामा १८ प्रतिशत राजश्वमा बढाेत्तरी भएकाे बताएका छन् ।

अर्थमन्त्री पाैडेलले अर्थतन्त्रका धेरै सुचकमा सुधार हुँदै आएकाे बताएका छन् । ‘राजश्वमा १८ प्रतिशत बढेकाे छ, राजश्वमा सुधार भैरहेकाे छ ।’

उनले उत्पादन कसरी बढाउने भन्नेमा सरकार चिन्तित रहेकाे बताए । ‘अहिले बजारमा व्याजदर न्युन बिन्दुमा रहेकाे छ, तरपनि डिमाण्ड किन भैरहेकाे छैन हामी चिन्तित छाैँ ।’

याे संसदबाट बन्ने सबैभन्दा स्थिर सरकार अहिलेकाे सरकारले अर्थतन्त्रका धेरै समस्याहरू समाधान गर्दै आएकाे पाैडेलले बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाजकाे आयाेजना गरेकाे वार्षिकाेत्सवकाे अवसरमा आयाेजित कार्यक्रममा मन्त्री पाैडेलले साे कुरा बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्