लिबर्टी ईनर्जीको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म दिने आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लिबर्टी ईनर्जीको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । लिबर्टी ईनर्जी कम्पनीको हकप्रद सेयर बिक्री खुला भएको छ ।

कम्पनीले आज अर्थात् मंसिर १६ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो । त्यसकै आधारमा कात्तिक २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीको पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्