‘क्रेडिट रेटिङ’को मूल्यांकनलाई नतिजामा बदल्नुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको सार्वभौम साख मूल्यांकनबाट पाएको नतिजा नेपालका लागि गर्वको विषय रहेको बताका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘क्रेडिट रेटिङमा नेपालले जुन पोजिसन पायो यो सबै नेपालको लागि गर्वको विषय हो भन्ने मलाई लाग्छ । डबल बी (बीबी) माइनस रेटिङ पोजिसन हामीले पाएका छौं । साउथ एशियामा हामी भारतपछि दोस्रो पोजिसनमा आएका छौं । यो सबैका निम्ति खुशीका कुरा हो’ उनले भने । उनले यो सम्भावनालाई नतिजामा बदल्नु आवश्यक रहेको बताए।
सरकारको ध्यान उत्पादनको सबै क्षेत्रलाई माथि उठाउने र समस्याको समाधान गर्नेतर्फ केन्द्रीत रहेको समेत उनले बताए । यसका सबै सबुई क्षेत्रको सहयोगको अपेक्षा सरकारले राखेको पनि उनले बताए । ‘सबै समस्याको समाधान सरकारसँग छ भन्ने ठान्दैन । सरकारले सम्बद्ध समुदायको सुझावहरूलाई समेत संगठित गरेर अगाडि बढ्न चाहन्छ’ उनले भने ।
मन्त्री पौडेलले सरकारको ध्यान कसरी उत्पादन बढाउने, कसरी समस्याको समाधान गर्ने भन्नेमा रहेको बताए। राजश्वको दायरा विस्तार गर्ने कोशिस सरकारको रहेको उनले बताए।













