एनआईबीएल इक्विटीले इलेक्ट्रो पावरमा लगानी गर्ने, भोटेकोशीमा निर्माणाधीन परियोजनालाई राहत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनआईबीएल इक्विटीले इलेक्ट्रो पावरमा लगानी गर्ने, भोटेकोशीमा निर्माणाधीन परियोजनालाई राहत



काठमाडौं । दिगो व्यवसाय प्रवद्र्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ ।

यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्नेछ ।

एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाहरूले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धन गर्न राखेको सम्भावनालाई महत्वका साथ लिँदै आएको छ । यो साझेदारीले ऊर्जा सुरक्षामा योगदान पु¥याउँदै ऊर्जा निर्यातको सम्भावनालाई बलियो बनाउन सहयोग पु¥याउने एनआईबीएल इक्विटी पार्टनर्सको विश्वास रहेको छ ।

साझेदारीले नेपालको ऊर्जा सम्भावनालाई थप उपयोग गर्न सहयोग पु¥याउने एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले बताए ।

उनका अनुसार यो परियोजना प्राकृतिक विपत्तिका जोखिमलाई न्यून गर्दै ऊर्जा उत्पादनलाई अधिकतम बनाउन डिजाइन गरिएको छ जसले स्वच्छ ऊर्जा क्षेत्रमा सुरक्षित लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई कायम राख्नेछ ।

नेपालको स्वच्छ ऊर्जा सम्भावना उजागर गर्नुका साथै निजी क्षेत्रको लगानीलाई आकर्षित गरी देशको अर्थतन्त्र र भविष्य ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त रहेको पाँडेले बताए ।

यता, इलेक्ट्रो पावर कम्पनीका प्रबन्ध निर्देशक माधव प्रसाद मैनालीले पनि उत्साह प्रकट गरे ।

साझेदारीले निर्माण प्रक्रियालाई तीव्रता दिनुका साथै हाम्रो आत्मबल बढाउनेछ र जलविद्युत् परियोजनाको विकासलाई तीव्र गतिमा अघि बढाउन मद्दत गर्ने उनको भनाई छ।

यस्ता कसिमका लगानीले नेपालको ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन, स्वच्छ ऊर्जा प्रवर्धन गर्न र देशको ऊर्जा लक्ष्यलाई सकारात्मक प्रभाव पार्ने उनले बताए ।

एनआईबीएल इक्विटी पार्टनर्स र इलेक्ट्रो पावर कम्पनी लिमिटेडबीचको यो साझेदारी नेपालको स्वच्छ ऊर्जा क्षेत्रमा बढ्दो गएको चासोलाई प्रस्ट बनाएको छ । यो सहयोगले ऊर्जाको माध्यमबाट देशको दीर्घकालीन दिगोपन र आर्थिक समृद्धिमा पनि योगदान पु¥याउने लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस्