राधी विद्युत कम्पनीले ६९.८९ हकप्रद सेयर निष्कासन गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राधी विद्युत कम्पनीले ६९.८९ हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ६९.८९ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले यो वर्ष आफ्ना सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्