साप्सु कालिका हाइड्रोपावरले आइपीओ जारी गर्ने
काठमाडौं । साप्सु कालिका हाइड्रोपावरले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको सभा आगामी पुस १९ गते कम्पनीको कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु छन् ।













