दरबारमार्गमा महालक्ष्मी विकास बैंकको डिजिटल भुक्तानी केन्द्र - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दरबारमार्गमा महालक्ष्मी विकास बैंकको डिजिटल भुक्तानी केन्द्र



काठमाडौं । महालक्ष्मी विकास बैकले डिजीटल भुक्तानी केन्द्र संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमकाबीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ ।

केन्द्र मार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरु प्रवाह गरिने । केन्द्र अन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरुको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहाने विधार्थीहरुको आवेदन तथा अध्ययन शुल्क, पिटीई, स्याट, युएसएमएलई , जिआरई, एसीसीए जस्ता कोर्सहरुको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिदिनेछ ।

यस किसिमको सेवाको शुभारम्भ सँगै ग्राहकहरुको नविनत्तम भुक्तानीका माध्यमहरुको प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहानाको सम्बोधन हुने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्