आयोजनाको प्रथामिकताका आधारमा ऋण लिनुपर्छ : महत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आयोजनाको प्रथामिकताका आधारमा ऋण लिनुपर्छ : महत



काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने बताएका हुन् ।

उनले विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण तिर्न समस्या भइरहेकाले आवश्यकताका आधारमा मात्रै ऋण लिनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने धारणा व्यक्त गरे । विश्व बैंक, एसियन विकास बैंक (एडीबी) लगायत सस्तो ब्याजदरको ऋण सदुप्रयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी उनले बताए ।

उनले बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ को समयमा निजी क्षेत्रलाई प्रवाह गरेको ऋण अहिले उठाउन समस्या भइरहेको बताए ।“अहिले पनि बैंक तथा वित्तीय संस्थामा जम्मा भएको पुँजी ऋणको रूपमा प्रवाह हुन सकिरहेको छैन । यसले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन सकिरहेको छैन” उनले भने ।

सरकार र निजी क्षेत्र दुवैले प्रभावकारी र प्रतिफल दिने आयोजनामा मात्र लगानी गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकारले आर्थिक अनुशासन र राज्यको प्रथामिकतालाई ध्यानमा दिएर काम गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्