शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (पुस २ गते) अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस ३ गते बुकक्लोज गर्दैछ।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकको सोह्रौँ वार्षिक साधारणसभा आगामी पुस १९ गते, शुक्रबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, प्रा.लि., मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्