बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै पाँचथर पावर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै पाँचथर पावर



काठमाौं । पाँचथर पावर कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पुस २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँ बराबरको ९६ लाख २५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने लागेको हो ।

कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको थियो । उक्त परियोजनाका लािग सानिमा बैंकको अगुवाईमा सहवित्तीकरणमा सहभागी अन्य धीन बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा सुविधा सम्झौता गरेको थियो । जसको नियमित साँवा तथा ब्याज भुक्तानी समेत भइरहेको थियो ।

तर, गत वर्ष २०८० असार २ गते राती अविरल वर्षाका कारण आयोजनामा आएको बाढीले क्षति पुर्याएको थियो । त्यसपछि गत असोज १५ गते देखि नै आयोजना सूचारु गर्ने उद्देश्य सहित मर्मत कार्य भइरहेको थियो । तर, गत असोज १० गते आएको बाढीका कारण आयोजनामा क्षति पुगेको छ । हाल आयोजनाको पुनः निर्माण तथा मर्मत भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्