‘गरिमा समृद्धि योजना’ का इकाईहरु बाँडफाँट, योजनाको आकार १ अर्ब २५ करोड कायम - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘गरिमा समृद्धि योजना’ का इकाईहरु बाँडफाँट, योजनाको आकार १ अर्ब २५ करोड कायम



काठमाडौं । ‘गरिमा समृद्धि योजना’ को इकाईहरु बाँडफाँड भएको छ ।

गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंकको कोष प्रवर्धनमा रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को इकाईहरु बाँडफाँट भएको हो ।

क्यापिटलले गत पुस ७ गतेदेखि ११ गतेसम्म १० करोड इकाईहरु निष्कासन तथा बिक्री खुला गरेको थियो । उक्त योजनामा ९४ हजार ६८१ जनाले १२ करोड १८ लाख ७८ हजार ५१० इकाईका लागि रितपूर्वक आवेदन दिएका थिए ।

कम्पनीका अनुसार निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने व्यवस्था रहेको छ ।

यसरी, इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि बिहीबार बिहान इकाइ बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ।

इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार एक अर्ब २५ करोड रुपैयाँ अर्थात् १२ करोड ५० लाख इकाई कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्