१ अर्ब बराबरको म्युचुअल फन्ड निष्कासन गर्दै सिटिजन्स क्यापिटल, बोर्डमा दियो निवेदन
काठमाडौं । सिटिजन्स क्यापिटलले १ अर्ब बराबरको म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ ।
क्यापिटलले सिटिजन्स सन्तुलित योजना नामको बन्दमुखी योजना निष्कासन गर्ने भएको हो ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्कासन गर्न क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । क्यापिटलले गत शुक्रबार (पुस १९ गते) बोर्डमा निवेदन पेश गरेको हो ।
बिक्री प्रबन्धकमा भने सिटिजन्स क्यापिटले लिमिटेड छ ।













