ङादी ग्रुप पावरको वित्तीय अवस्था कस्तो छ ?
काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.१२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीले विद्युत बिक्री आम्दानी १०.५१ प्रतिशत घटेर ७ करोड २७ लाख रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको कुल नाफा १७.०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १२.०८ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ३५.७८ प्रतिशत बढेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८ पैसा घटेर २ रुपैयाँ ५१ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०४.७७ गुणा रहेको छ।
१ अर्ब ८५ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब १२ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।













