२०९ कम्पनीको सेयर मूल्यमा गिरावट, आज कसले कति गुमाए ?
काठमाडौं । मंगलबार नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ६ प्रतिशत घटेको छ ।
आज कम्पनीको सेयर भाउ ६.६९ प्रतिशत अर्थात् प्रतिकित्ता १६३ रुपैयाँ घटेको हो । योसँगै कम्पनीको सेयर मूल्य आज २ हजार २७३ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य पनि ५.३६प्रतिशत, हिमालयन पावरको ४.७२ प्रतिशत, राप्ती हाइड्रोको ४.६८ प्रतिशत, रिभर फल्सको ४.६० प्रतिशत र सीइडीबी होल्डिङको पनि ४.५५ प्रतिशत घटेको छ।
यी लगायत आज २०९ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
















