पहिलो कारोबार दिन नेपाल माइक्रो इन्स्योरेन्सको सेयर भाउमा उछाल, आज कति कित्ता बिक्री भयो ?
काठमाडौं । कारोबारमा आएको पहिलो दिनमै नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
आज कम्पनीको सेयर भाउ ९.९ प्रतिशत वृद्धि भएको हो ।
मंगलबार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०२.३० रुपैयाँमा खुला भएको थियो । कम्पनीको आइपीओलाई नेप्सेले पहिलो कारोबारका लागि १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँ सम्मको ओपनिङ्ग रेञ्ज तोकेको थियो ।
अधिकतम बिन्दुमा कारोबार सुरु भएको कम्पनीको सेयर भाउ आज प्रतिकित्ता ३०.२० रुपैयाँ वृद्धि भएको छ । योसँगै पहिलो दिन कम्पनीको सेयर मूल्य ३३२.५० रुपैयाँ कायम भएको छ ।
पहिलो दिन कम्पनीको २१० कित्ता सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको ६८ हजार ६२४ रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।













