सेयर बजारमा हरियाली, नेप्सेसँगै बढ्यो कारोबार रकम - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा हरियाली, नेप्सेसँगै बढ्यो कारोबार रकम



काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेको छ । यस दिन नेप्से परिसूचक २७ सय बिन्दु पार गरेको छ । नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२५.२० बिन्दुमा पुगेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार अवधिभर ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच भयो ।

यस दिन सबै सूचकमा हरियाली छाएको छ । १८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ ।

यसदिन नेपाल माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यस्तै, सम्पदा लघुवित्त, हाइड्रोइलेक्ट्री इन्भेस्टमेन्ट, सुपर मादी हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मितेरी डेभलपमेन्ट बैंक, सानिमा माइ हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, इन्ग्वा खोला हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य बढ्यो।

यता, एनआईसी एसिया डिबेन्चर २०८५/८६, बोटलर्स नेपाल (बालाजु), एसबिएल डिबेन्चर २०८३, गुराँस लघुवित्त, बलेफी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक लगायत कम्पनीको सेयर मूल्य घट्यो ।

कारोबार रकमको आधारमा भने हिमालयन पावर पार्टनर अग्र स्थानमा रह्यो । कम्पनीको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर, हाइड्रोइलेक्ट्री इन्भेस्टमेन्ट, ङादी ग्रुप पावर, राधी विद्युत लगायत कम्पनी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे।


प्रतिक्रिया दिनुहोस्