छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १ कित्ता साधारण सेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्काशन गर्न बोर्डको अनुमति पाएको हो।

जसअनुसार कम्पनीले एक सय अंकित दरमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको हकप्रद सेयर निष्काशन गर्नेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्