हकप्रद सेयर निष्काशनका लागि छ्याङ्दी हाइड्रोपावरले तोक्यो बुकक्लोज मिति
काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार जेठ १ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। जसअनुसार कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ।
सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













