गभर्नर पौडेललाई 'रेड कार्पेट' : टिकेन सेयर बजारको उत्साह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गभर्नर पौडेललाई ‘रेड कार्पेट’ : टिकेन सेयर बजारको उत्साह



काठमाडौं । मंगलबार उचालिएको सेयर बजार बुधबार भने पुन: ओरालो लागेको छ । प्रि-सेसनदेखि नै बढेको बजार खुलेको ३ मिनेटमा नै उच्च अंकले बढेको थियो । त्योसँग आज बजारमा उछाल आउने अधिकांशको आंकलन थियो ।

तर अन्तिम समयमा आएर बजार घटेको हो । करिब डेढ महिनापछि नेपाल राष्ट्र बैंकमा १८औं गभर्नरको रूपमा डा. विश्व पौडेल आए । मंगाबर नै गभर्नर नियुक्ति हुने चर्चाले बजारमा उछाल देखिएको थियो । साँझको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त पनि गर्यो । त्यसैले आज बजार बढ्नेमा अधिकांशको अनुमान थियो । सुरुमा बढ्यो पनि तर अन्त्यमा भने घट्यो ।

यस दिन बजार मापक नेप्से परिसूचक ६.९३ अंकले घटेर २६७०.५१ बिन्दुमा झरेको छ । ११:०३ मिनेटमा २७७२ बिन्दु छोएर त्यसपछि बजार निरन्तर ओरालो लाग्यो । लगानीकर्ताले नवनियुक्त गभर्नर पौडेललाई रातो कार्पेटले स्वागत गरेका छन् ।

कारोबार अवधिभर ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँको कारोबार भयो ।

९३ कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य घट्यो ।

सबै सूचकमा हरीयाली छाएको थियो भने आज चार सूचकमा मात्रै छायो । राधी जलविद्युत कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, माउण्टेन इनर्जी, ङादी ग्रुप, युनिभर्सल पावर, हिमालयन रि-इन्स्योरेन्सको पनि सर्वाधिक सेयर कारोबार भएको छ।

यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स कम्पनी लगायतको सेयर मूल्य बढ्यो ।

श्वेत गंगा हाइड्राेपावर, मातृभूमि लघुवित्त, बोटलर्स नेपाल (बालाजु), बाराही हाइड्रोपावर लगायत कम्पनीको मूल्य घटेका छन् ।


प्रतिक्रिया दिनुहोस्