कसरी जुटाइनेछ १९ खर्ब ६४ अर्बको बजेटमा स्रोत ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कसरी जुटाइनेछ १९ खर्ब ६४ अर्बको बजेटमा स्रोत ?



काठमाडौं । सरकार आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८२-८३ का लागि संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट प्रस्तुत गरेका हुन् ।

यो बजेट चालु आर्थिक वर्षको प्रारम्भिक बजेटभन्दा ५.६ प्रतिशत बढेको छ । चालु वर्षको सुरुमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याइएको थियो ।

बजेट विवरण अनुसार कुल विनियोजनमध्ये ११ खर्ब ८० अर्ब ५८ करोड अर्थात् ६०.०१ प्रतिशत चालु खर्चका लागि छुट्याइएको छ । यस्तै, पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.१ प्रतिशत छुट्याइएको छ ।

बजेटको स्रोतका रूपमा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको छ । साथै, ५३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदानबाट जुटाइनेछ भने २ खर्ब ३३ अर्ब रुपैयाँ वैदेशिक ऋणबाट जुटाइने अर्थमन्त्री पौडेलले बताए । त्यसैगरी, ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत उठाइने योजना छ ।


प्रतिक्रिया दिनुहोस्