२० कार्तिक २०८३, शुक्रबार

म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैं धमाका २०२६’ अभियानका विजेताहरूले पाउन थाले पुरस्कार



काठमाडौं । सामान्य रूपमा खरिद गरिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले भाग्य फेरिदिएपछि म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैं धमाका २०२६’ अभियानका विजेताहरूले पुरस्कार प्राप्त गर्न थालेका छन् ।

अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित ‘एक्सट्रिम फ्यानजोन’ कार्यक्रममार्फत चार जना भाग्यशाली विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङका अवसरमा काठमाडौंको सिफलस्थित कार्यक्रम स्थलमा आयोजित एक समारोहमा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरियो । क्यानको बिर्को (रिङ पुल) बाट पुरस्कार जित्न सफल सुमन र विनोद दुवैले इनर्जी ड्रिङ्क किन्दा सोचेकै नभएको ठूलो पुरस्कार पाउँदा खुसी शब्दमा व्यक्त गर्न कठिन भएको प्रतिक्रिया दिए ।

त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित ‘एक्सट्रिम फ्यानजोन’ मा थप दुई विजेताले आफ्नो पुरस्कार बुझेका छन् । जसअन्तर्गत धरानका अनोज कुमार अधिकारीलाई स्कुटर र विराटनगरका विनोद पोखरेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । स्कुटर विजेता अनोज र मोटरसाइकल विजेता विनोद दुवैले यो अभियान आफ्नो जीवनका लागि यादगार र अनौठो अनुभव बनेको बताए ।

यससँगै काठमाडौं र विराटनगरमा गरी कुल तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेताहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

म्याक्स टाइगरको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म देशभरका १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । कम्पनीका अनुसार उपभोक्ताका लागि पुरस्कार जित्ने अवसर अझै समाप्त भएको छैन ।

अभियानअन्तर्गत अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा १ वटा प्रोटोन कार जित्न बाँकी रहेको छ । विशेषगरी बम्पर पुरस्कारको कारले ग्राहकहरूमाझ थप उत्सुकता बढाएको कम्पनीले जनाएको छ ।

नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भइरहेका स्थानहरूमा एक्सट्रिम फ्यानजोनमार्फत विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्ने क्रम सुरु गरिएको र आगामी दिनमा पनि देशका विभिन्न सहरहरूमा यसलाई निरन्तरता दिइने कम्पनीले जानकारी दिएको छ ।