आरबीआईले फेरि घटायो ब्याजदर, ६ महिनामा ३ पल्ट संशोधन ! - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आरबीआईले फेरि घटायो ब्याजदर, ६ महिनामा ३ पल्ट संशोधन !



काठमाडौँ । भारतीय रिजर्भ बैंक (आरबीआई)ले यो साल तेस्रो पल्ट ब्याजदर कटौति गरेको छ ।

आरबीआई गभर्नर सञ्जय मल्होत्राले शुक्रबार आरबीआईको मौद्रिक नीति समिति (एमपीसी)को बैठक पश्चात ब्याजदर कटौति गर्ने घोषणा गरेका हुन् ।

उनले मौद्रिक नीति समितिको बैठक पश्चात आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका छन् ।

उनले भने, ‘मौद्रिक नीति समितिले लिक्विडिटी एडजस्टमेन्ट फेसिलिटी अन्तरगत नीतिगत दर (रिपो रेट) ५० आधार बिन्दुले घटाएर ५.५ प्रतिशत गर्ने निर्यय गरेको छ । यो निर्णय तुरुन्त लागू हुने छ ।’

यसका साथै स्थायी निक्षेप सुविधा (एसडीएफ) को दर घटाएर ५.२५ प्रतिशत तथा सीमान्त तरलता सुविधा (एमएसएफ)को दर तथा बैंक दर घटाएर ५.७५ प्रतिशतमा कायम गरिएको छ ।

अब भारतमा ब्याजदर करिडोर ५.२५ प्रतिशतदेखि ५.७५ प्रतिशतको साँघुरो घेरामा प्रवाह हुने छ ।

यो साल अर्थात् सन् २०२५ को बितेको ६ महिनाभित्र आरबीआईले यो तेस्रो पल्ट ब्याजदर कटौति गरेको घटना हो । यसअघि फेब्रुअरी र अप्रिलमा पनि ब्याजदर कटौति गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्